You are viewing the translated version of बीमा दलालको इजाजतपत्र.

Section 53
बीमा दलालको इजाजतपत्र
(१) बीमा दलालको इजाजतपत्र लिन इच्छुक व्यक्ति वा संस्थाले प्रचलित कानून बमोजिम कम्पनीको रूपमा दर्ता हुनुअघि प्राधिकरणबाट पूर्वस्वीकृति लिएको हुनु पर्नेछ।

(२) उपनियम (१). बमोजिम -पूर्वस्वीकृति लिएको कम्पनीले बीमा दलालको इजाजतपत्र लिन देहायका कागजात संलग्न गरी अनुसूची-६ बमोजिमको ढाँचामा प्राधिकरणमा निवेदन दिनु पर्नेछ:-

(क) सङ्गठित संस्था दर्ताको प्रमाण,

(ख) प्रबन्धपत्र र नियमावली,

(ग) सम्भाव्यता अध्ययन प्रतिवेदन,

(घ) सङ्गठित संस्थाको प्रमुख कार्यकारीको व्यक्तिगत विवरण तथा योग्यता खुल्ने कागजात ।

(३) बीमा दलालको लागि इजाजतपत्र शुल्क र नवीकरण शुल्क अनुसूची-७ मा उल्लेख भए बमोजिम हुनेछ।

(४) उपनियम (२) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निजलाई बीमा दलालको इजाजतपत्र दिन उपयुक्त देखिएमा अनुसूची-१२ बमोजिमको ढाँचामा इजाजतपत्र दिइनेछ।